जनप्रतिनिधी र कर्मचारी समेत कन्ट्रयाक ट्रेसिङमा परेपछि पोखरा २० को कार्यालय सिल

Share:

पोखरा । वडा अध्यक्ष सहित कर्मचारीको पिसिआर रिपोर्ट नआउँदा सम्मका लागि पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालय सिल गरिएको छ ।

गत असोज १ गते सोही वडाका एक महिलामा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङमा परेका ४ मध्ये कोभिड १९ बाट २ जना पोजेटिभ देखिएको र उनीहरुको कन्ट्रयाक ट्रेसिङमा वडाका जनप्रतिनिधी र कर्मचारीहरु समेत परेकाले उनीहरुको आज पिसिआर टेष्टका लागि स्वाव संकलन गरिएको र रिपोर्ट नआउन्जेल सम्मको लागी वडा कार्यालय पूर्णरुपमा सिल गरिएको वडा अध्यक्ष सिम गुरुङले जानकारी दिए ।

वडाले नै एक विज्ञप्ती जारी गरी वडामा पहिलो संक्रमित सँगको कन्ट्रयाक ट्रेसिङमा परेका थप दुई जनामा कोरोना पुष्टि भएको र उनीहरुको कन्ट्रयाक ट्रेसिङमा वडाका अध्यक्ष सहित जनप्रतिनिधी र कर्मचारीहरु गरी २९ जनाको स्वाव संकलन भइसकेको र उनीहरुको पिसिआर रिपोर्ट नआउँदा सम्म वडा पूर्ण रुपमा बन्द रहने र वडाबाट हुने कुनैपनि कामकाज समेत नहुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: