
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।
शुक्रबार ५ वटा जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मृत्यु हुने पुरुषहरुमा मोरङका ५५ वर्षीय, सप्तरीका ७० वर्षीय र ललितपुरका ५१ वर्षीय रहेका छन् ।
यस्तै मृत्यु हुने महिलाहरुमा मोरङकी ६० वर्षीया, काठमाडौँकी ७५ वर्षीया र कपिलवस्तुकी ७० वर्षीया रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ । यो कुल संक्रमितको ०.६५ प्रतिशत हो ।
हाल देशभर १८ हजार २८९ जना सक्रिय संक्रमित छन्। यीमध्ये १० हजार ५२ होम आइसोलेसनमा छन् भने ८ हजार २३७ जना संस्थागत आइसोलेसनमा छन्। क्वारेन्टीनमा ६ हजार ४६४ जना रहेका छन् । आईसीयुमा २२७ जना र भेन्टिलेटरमा ३९ जना उपचाररत छन् ।
२४ घण्टामा १२ हजार २६२ परिक्षण भएको छ भने हालसम्म ९ लाख ६८ हजार १८५ जनाको परीक्षण भएको छ।
