पाल्पा पहिरोमा बेपत्ता पाँचै जनाको शव फेला

434
0
Share:

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका २ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाकै शव फेला परेको छ। गए राति थप दुई जनाको शव भेटिएको र शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गए राति ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको र शुक्रबार दिउँसो १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आलेको शव भेटिएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर बेपत्ता भएदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीको सक्रियतामा उनीहरूको खोजी भइरहेको थियो।

सम्बन्धित न्युज:

पहिरोले पाल्पामा घर पुरिँदा ५ जना बेपत्ता

कमेन्ट गर्नुहोस्
Share: