
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ जना पुरुषको मृत्यु भएको छ।
शनिबार ६ वटा जिल्लाका ८ जना पुरुषको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मृत्यु हुनेमा सप्तरीका ६३ वर्षीय, काठमाडौँका २० र ७४ वर्षीय दुई जना, भक्तपुरका ८८ वर्षीय, मकावनपुरका ७४ वर्षीय, ललितपुरका ७६ वर्षीय, रुपन्देहीका ७२ वर्षीय र कैलालीका ३० वर्षीय पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ । यो कुल संक्रमितको ०.६५ प्रतिशत हो ।
हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन्। यीमध्ये १० हजार ५०८ होम आइसोलेसनमा छन् भने ७ हजार ८३३ जना संस्थागत आइसोलेसनमा छन्। क्वारेन्टीनमा ६ हजार ३३१ जना रहेका छन् । आईसीयुमा २२४ जना र भेन्टिलेटरमा २७ जना उपचाररत छन् ।
२४ घण्टामा १० हजार १९ परिक्षण भएको छ भने हालसम्म ९ लाख ७८ हजार २०४ जनाको परीक्षण भएको छ।
