
बर्दिया । बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।
चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनी होमआइसोलेशनमै बस्दै आएका थिए ।
शनिबार श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने क्रममा उनको निधन भएको हो ।
५२ वर्षीय उनी फोक्सोको क्यान्सरबाट समेत पीडित थिए ।
कमेन्ट गर्नुहोस्
