प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

Share:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बैठक आज मध्यान्ह १२ बजेका लागि डाकिएको छ ।

सामान्यतयाः मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाएका छन् ।

गत आइतबार नेकपा सचिवालयमा मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा छलफल भएकाले आजको बैठकमा यही विषयमा छलफल हुनसक्ने बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: