
पोखरा । पोखराका २७ जनासहित गण्डकी प्रदेशमा ४४ जना कोराना संक्रमित थपिएका छन् ।
कास्कीसहित ६ जिल्लाका ४४ जनामा कोरोना देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार पोखरामा वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत २७, २८, ३१ र ३४ वर्षका पुरुष तथा २२, २२ र २३ वर्षका महिला प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै पोखरा वडा नं. १२ का ४३ र ३९ वर्षका पुरुष र २८ वर्षीया महिला, वडा नं. २७ की ४१ वर्षीया महिला, वडा नं. १६ का ३७ वर्षीय पुरुष, वडा नं. ४ का ३४ वर्षीय पुरुष, वडा नं ५ का २४ वर्षीय पुरुष, वडा नं १० का ५७ वर्षीय पुरुष र ३२ वर्षीया महिला, वडा नं ६ का ३० र ६५ वर्षका पुरुष र ५५ वर्षीया महिला, वडा नं. ९ का ३४ वर्षीय पुरुष, वडा नं. १४ का ३८ वर्षीय पुरुष, वडा नं. १८ का ३४ वर्षीय पुरुष, वडा नं. १७ का २३ वर्षीय पुरुष, वडा नं. ८ का २५ वर्षीय, वडा नं. १५ का ८ वर्षीय बालकसहित २८ र ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
यसैगरी गोरखा आरुघाटका वडा नं. १ का २६ वर्षीय पुरुष, नवलपुर कावासोती वडा नं ९ की १५ वर्षीया महिला र १२ वर्षीय बालक, वडा नं. ३ की ३६ वर्षीया महिला र ३२ वर्षीय पुरुष, वडा नं १४ की ४७ वर्षीया महिला, तनहुँको घिरिङ वडा नं. ४ का १९ र २८ वर्षका पुरुष, वडा नं. ३ का २४ वर्षीय पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिकामा नेपाली सेनामा कार्यरत ३६, ३६ र ३३ वर्षका पुरुष, नेपाल प्रहरीमा कार्यरत ४० वर्षीय पुरुष, बागलुङ वडा नं ११ का सार्वजनिक सवारी साधन चालक ३३ वर्षीय पुरुष, जैमिनी वडा नं. ७ का ६१ वर्षीय पुरुष र ५२ वर्षीया महिला, लमजुङ राइनास वडा नं. ७ का २२ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसअघि आजै पोखराका ३ जनासहित गण्डकीमा ३३ जना संक्रमित थपिएका थिए ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय १० पुगेको छ ।
