२४ घण्टामा १९ सय ११ कोरोना संक्रमित थपिए, ९६१ जना संक्रमणमुक्त

Share:

काठमाडौँ । नेपालमा बिहीबार १९ सय ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६२८ महिला र १२८३ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

संक्रमित हुनेमा सबैभन्दा धेरै काठमाडौँ जिल्लाका ८१७ जना रहेका छन् ।

यस्तै कैलालीका १६१ जना, मोरङका १०५ जना, रुपन्देहीका ९१ जना, चितवनका ८६ जना, ललितपुरका ६८ जना, सुनसरीका ६६ जना, भक्तपुरका ५८ जना, सिराहाका ३९ जना, जुम्लाका ३७ जना, बाँकेका ३० जना, पर्सा र कास्कीका २८/२८ जना, कञ्चनपुरका २४ जना, धनुषाका १९ जना, काभ्रे, धादिङ र मकावनपुरका १७/१७ जना, महोत्तरी र सप्तरीका १६/१६ जना, बारा, नवलपुर र बाग्लुङका १४/१४ जना र नुवाकोट र नवलपरासीका १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।

दाङका ९ जना, तनहुँका ८ जना, कालिकोटका ७ जना, रामेछापका ६ जना, सर्लाही र गोरखा र रुकुम पूर्वका ५/५ जना, झापा, रौतहट, सिन्धुली, बर्दीया र बैतडीका ४/४ जना, उदयपुर, ओखलढुङ्गा, दोलखा, सिन्धुपाल्चोक, कपिलवस्तु, गुल्मी, पाल्पा, रुकुम पश्चिम र सल्यानका ३/३ जना, खोटाङ, पर्वत, लमजुङ, दैलेख, मुगु र बझाङका २/२ जना तथा ताप्लेजुङ, भोजपुर, स्याङ्जा, अछाम र डडेलधुराका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।

यसैगरी २४ घण्टामा ९६१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । यो कुल संक्रमितको ७१.९ प्रतिशत हो ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यो कुल संक्रमितको ०.६५ प्रतिशत हो ।

मन्त्रालयका अनुसार ५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा काठमाडौँ, भक्तपुर, चितवन, ललितपुर, सुनसरी, मोरङ, सराहा र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

हाल देशभर २१ हजार ८३० जना सक्रिय संक्रमित छन्। हाल १० हजार ७५१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन ११ हजार ६९ जना छन्। हाल ५ हजार ७७ जना क्वारेन्टीनमा छन्। हाल आईसीयुमा २२० जना र भेन्टिलेटरमा २५ जना उपचाररत छन् ।

आज १२ हजार ४४४ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म १० लाख ३३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: