विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५१ लाख नाघ्यो

Share:

काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५१ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार कुल संक्रमित संख्या ३ करोड ५१ लाख २२ हजार २७६ पुगेको छ ।

यस्तै १० लाख ३७ हजार ५२४ जना संक्रमितले ज्यान गुमाएका छन् । हाल विश्वमा ७९ लाख ६७ हजार ५१६ जनामा सक्रिय संक्रमित छन् ।

अहिलेसम्म २ करोड ६१ लाख १७ हजार २३६ जना कोरोनामुक्त भएका छन् ।

यता छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार ४७९ जनामा संक्रमण देखिएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या ६५ लाख ४७ हजार ४१३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५५ लाख ६ हजार ७३२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १ हजार ८१२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९३७ संक्रमितको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: