कांग्रेसका ५ केन्द्रीय सदस्यसहित एकैपटक पाँच दर्जन बढीमा कोरोना संक्रमण, बैठकहरु अनिश्चित

Share:

काठमाडौँ । नेपाली कांग्रेसका ५ केन्द्रीय सदस्यसहित ५ दर्जनभन्दा बढी नेता तथा कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ।

केन्द्रीय सदस्यहरू गगन थापा, अर्जुननरसिंह केसी, जंगीलाल राय, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो।

शनिबार राती थापा र केसीले ट्विट गर्दै आफूलाई कोरोना संक्रमण भएको र सम्पर्कमा आएकाहरूले सजकता अपनाउन आग्रह गरेका छन्।

पार्टी केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कोरोना परीक्षण गर्ने क्रममा शनिबार आएको पिसिआर परिक्षण रिपोर्टमा कम्तीमा ६२ जनामा कोराना संक्रमण देखिएको स्रोतले बताएको छ।

कांग्रेसमा परीक्षण गरिएकामध्ये थप केहीको रिपोर्ट आउन अझै बाँकी छ।

केन्द्रीय सदस्यहरुमा कोरोना भाइरस संक्रमण देखिएसँगै आइतबार बिहान ९ बजेका लागि तय गरिएको पार्टी पदाधिकारीको बैठक पनि स्थगित भएको छ।

कांग्रेसले १९ गतेलाई आफ्नो केन्द्रीय कार्यसमिति बैठक तय गरेको छ।

एकैपटक धेरै संख्यामा संक्रमण देखिएपछि र नेताहरु कन्ट्याक ट्रेसिङमा परेपछि बैठकहरु अनिश्चित भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: