
काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५३ लाख नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो तथ्यांकअनुसार विश्वभर संक्रमितको संख्या ३ करोड ५३ लाख ८९ हजार ६७२ पुगेको छ ।
विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ४१ हजार ५४३ पुगेको छ भने २ करोड ६६ लाख १३ हजार १३२ जनाले कोरोनालाई जितेका छन् ।
हाल विश्वमा ७७ लाख ३३ हजार ४८८ जनामा सक्रिय संक्रमण रहेको छ ।
सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७६ लाख ३६ हजार पुगेको छ । अमेरिकामा मृतक संख्या २ लाख १४ हजार ६११ पुगेको छ भने अहिलेसम्म ४८ लाख ४९ हजार ३८ जना संक्रमणमुक्त भएका छन् ।
यता भारतमा संक्रमितको संख्या ६६ लाख २२ हजार १८० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५५ लाख ८३ हजार ४५३ जना संक्रमणमुक्त भएका छन् भने कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २ हजार ७१४ पुगेको छ ।
