
पोखरा । कास्कीको पोखरा महानगरपालिकामा २६ जना कोरोना संक्रमित थपिएका छन् ।
सोमबार बिहान कास्कीको पोखराका २६ र नवलपुर मध्यविन्दुका एक जना गरी गण्डकी प्रदेशमा २७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
संक्रमित हुनेमा फेवासिटी अस्पतालमा उपचाररत पोखरा महानगरपालिका वडा नं. १४ का ५१ बर्षीय पुरुष, दुबईबाट आएका वडा नं. १४ कै २२ बर्षीय पुरुष तथा सोही वडाकी ५२ वर्षीया महिला, पशुपन्छी तथा मत्स्य विकाश निर्देशानलय, पोखरामा कार्यरत चिकित्सक पोखरा वडा नं. १२ का ३६ बर्षीय पुरुष, भारतबाट आएका वडा नं. १३ का ३६ बर्षीय महिला, वडा नं. १९ का ५५ बर्षीय पुरुष र वडा नं. १० का ६४ बर्षीय पुरुष तथा वडा १० कै २८ वर्षीय पुरुष, वडा नं. १७ का २० वर्षीय पुरुष, वडा नं. ३० की ५१ वर्षीया महिला, वडा नं. ३ का २२, २३, २६, ३८, २७, २२, २५, २५, २४ र ३० वर्षका पुरुष, वडा नं. ७ का २६ र २९ वर्षका पुरुष, वडा नं. ११ का २८ र ३० वर्षका पुरुष, वडा नं. २२ का २९ वर्षका पुरुष तथा वडा नखुलेकी ४९ वर्षीया महिला रहेका छन् ।
यस्तै नवलपुर मध्यविन्दु वडा नखुलेका २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २०२ पुगेको छ ।
