गोरखामा १८ जना कोरोना संक्रमित थपिए

Share:

गोरखा । गोरखामा १८ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा सोमबार दिउँसो गोरखाको १८ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाकारी दिएको हो ।

संक्रमित हुनेमा गोरखा ११ का ३७, ३३, ३३, २७, २६ र २६ वर्षका पुरुष तथा ३३ र २६ वर्षका महिला गरी ८ जना वडा प्रहरी कार्यालय, १२ किलो, गोरखामा र वडा नं. नखुलेको ४८ बर्षीय पुरुष जिल्ला प्रहरी कार्यालय, गोरखामा कार्यरत प्रहरी रहेका छन् ।

यस्तै संक्रमित १२ र ३ वर्षका २ जना बालकहरु १२ किलो वडा प्रहरी कार्यालयमा कार्यरत २ जना महिला प्रहरीका छोराहरु हुन् । गोरखा १० र १४ का ३० र ४४ बर्षका २ जना प्रहरी हिरासतमा रहेका निर्देशनालयले जनाएको छ ।

यसैगरी अन्य संक्रमितहरुमा गोरखा वडा नं. ११ का २२ र ५८ वर्षका पुरुष, २५ र ४१ वर्षका महिला, वडा नं. १४ का ४४ वर्षीय पुरुष, वडा नं. १० का ३० वर्षीय पुरुष र पालुङटार ९ का ३३ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४२३१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: