
काठमाडौँ । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज भएका छन् ।
कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा तीन दिनअघि भर्ना भएका उनी पूर्णरूपमा ठीक नहुँदै डिस्चार्ज भएका हुन् ।
सोमबार बेलुका मास्क लगाएर ट्रम्प वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरबाट बाहिरिएका हुन् । ट्रम्पको थप उपचार ह्वाइट हाउसबाटै हुने चिकित्सकहरूले जनाएका छन् ।
ट्रम्पले चाँडै चुनावी अभियानमा सामेल हुने बताएका छन् । उनले कोरोना भाइरसबाट नडराउन र यसबाट आफ्नो जीवनलाई प्रभावित वा दब्न नदिन पनि आफ्ना समर्थकलाई अनुरोध गरेका छन् ।
३ नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग ट्रम्प प्रतिस्पर्धा गर्दै छन् ।
