हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

Share:

काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना संक्रमण भएको छ।

मंगलबार उनीहरू दुवै जनामा कोरोना संक्रमण भएको आचार्यले फेसबुकमार्फत् जानकारी दिएका हुन्।

सामान्य लक्षण देखिएपछि सोमबार आचार्य दम्पतीले पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए। उनीहरूको रिपोर्ट मंगलबार आएको हो।

आचार्यले उनीहरूको सम्पर्कमा पुगेका सबैलाई सचेत रहन आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: