
पोखरा । गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बिहान क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा तनहुँ र म्याग्दीका २/२ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार तनहुँ जिल्लाको ब्यास वडा नं. १२ का ५० वर्षीय पुरुष संक्रमित कृषि सामग्री कम्पनि लि. मा र तनहुँ ब्यास नगरपालिकाका वडा नखुलेका ५१ बर्षीय पुरुष स्थानीय स्कुलका शिक्षक रहेका छन् ।
यस्तै म्याग्दी जिल्लाको बेनी नगरपालिकाका नेपाल आर्मीमा कार्यरत ३० र ३६ वर्षका पुरुष रहेको निर्देशनालयले जानकारी दिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३१३ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
