
पोखरा । गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणका क्रममा बुधबार बेलुका कास्कीका १२ जना, स्याङ्जाका ९ जना, तनहुँका ३ जना र गोरखाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखरा महानगरपालिकाका १२ जनामा कोरोना देखिएको छ ।
संक्रमित हुनेमा वडा नं. ६ का ३९ र ४३ वर्षीय पुरुष, ४ वर्षीया बालिका सहित १८, १९, २९ र ६४ वर्षीया महिला वडा नं. ८ का २८ र ५९ वर्षीया महिला र ४१ वर्षीय पुरुष, वडा नं. ३३ का ३६ वर्षीय पुरुष तथा मणिपाल शिक्षण अस्पताल उपचाररत वडा नखुलेका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै तनहुँको व्यास नगरपालिका वडा नं. ३ का २७ वर्षीय पुरुष वडा नं ६ का ५२–५२ वर्षीय दुई पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु दुबैजना शिक्षक रहेको निर्देशनालयले जनाएको छ ।
गोरखाको अजिरकोट वडा नं. ५ का २६ वर्षीय पुरुष, गण्डकी गाउँपालिका वडा नं. ७ का २२ वर्षीया महिला, स्याङ्जाको आधिखोला गाउँपालिकाका ४५ वर्षीय पुरुष, पुतली बजार नगरपालिकाका १५, १९, २२, २५, २५, ३० र ३१ वर्षका ७ पुरुष र ५४ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय १ जना पुगेको छ ।
