सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Share:

पोखरा । नेपाली बजारमा बिहीबार सुनको मुल्य तोलाको २०० रुपैयाँले घटेको छ । आज सुनको मुल्य तोलाको ९३ हजार ९०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

हिजो सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मल्य घट्दा चाँदीको भने मुल्य बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: