
काठमाडौँ । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ७७ हजार नाघेको छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वमा मृतक संख्या १० लाख ७७ हजार ४५८ पुगेको छ ।
यस्तै विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख ५४ हजार नाघेको छ । संक्रमितमध्ये २ करोड ८१ लाख १२ हजारभन्दा बढी निको भएका छन् ।
छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ७० लाख ५१ हजार ५४३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६० लाख ७४ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने १ लाख ८ हजार ३७१ को मृत्यु भइसकेको छ । भारत कोरोना संक्रमणबाट विश्वकै दोस्रो प्रभावित मुलुक हो ।
सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा संक्रमितको संख्या ७९ लाख ४५ हजार पुगेको छ भने तेस्रो प्रभावित ब्राजिलमा संक्रमित संख्या ५० लाख ९१ हजार पुगेको छ ।
