फेरि बढ्यो सुनचाँदीको मूल्य

Share:

पोखरा । साताको पहिलो दिन आइतबार सुनको मूल्य ८ सयले बढेको छ ।

आज सुन तोलाको ९५ हजार ६ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार तोलाको ९४ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि एकै दिन तोलामा ४० रुपैयाँले बढेको छ ।

आज चाँदी तोलाको १२ सय ३५ रुपैयाँमा कोरोबार भैरहेको महासंघले जनाएको छ । गत शुक्रबार तोलाको ११ सय ९५ रुपैयाँमा कोरोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: