कोरोना महामारीः थप ९ कोे मृत्यु, ४०४७ संक्रमित थपिए, १४७३ डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लोे २४ घण्टामा ५ वटा जिल्लाका २ महिला र ७ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार सुनसरीमा ३७, ८९ र ९० वर्षीय पुरुष, काठमाडौँमा ७१ वर्षीया महिला, ६३ र ६७ वर्षीय पुरुष, ललितपुरमा ५० वर्षीय पुरुष, चितवनमा ४० वर्षीया महिला र रुपन्देहीमा ७४ वर्षीय पुरुषको मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ०.५८ प्रतिशत हो ।

४०४७ संक्रमित थपिए

यसैगरी पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १५६५ महिला र २४८२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

मन्त्रालयका अनुसार सोमबार सबैभन्दा धेरै काठमाडौँका १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरका २७७ जना,मोरङका २२३ जना, सुनसरीका २४९ जना, रुपन्देहीका १२५ जना, भक्तपुरका ११८ जना, सुर्खेतका १०१ जना, काभ्रेका ९० जना, चितवनका ७७ जना, कास्कीका ७६ जना, मकवानपुरका ७५ जना, झापाका ७१ जना, नवलपुर र कैलाली ६५/६५ जना, बाँकेका ४५ जना, तनहुँका ३७ जना, प्युठान र बर्दिया २६/२६ जना, धनुषा र सिन्धुपाल्चोकका २५/२५ जना, नवलपरासीका २४, सप्तरी र लमजुङ २१/२१ जना, कञ्चनपुरका १८ जना, पर्साका १७ जना, रामेछाप र पाल्पाका १४/१४ जना, रौतहट, दाङ र दैलेख १३/१३ जना, धादिङ र बैतडीका १२/१२ जना, बारा, सिराहा, नुवाकोट र स्याङ्जाका ११/११ जना तथा गुल्मीका १० जनामा कोरोना संक्रमण देखिएको छ ।

जुम्लाका ९ जना, महोत्तरी, सर्लाही, बाग्लुङ, अर्घाखाँची र कपिलवस्तुका ८/८ जना, दोलखाका ७ जना, रसुवा, डडेलधुरा र दार्चुलाका ६/६ जना, इलामका ५ जना, हुम्ला र बझाङका ४/४ जना, गोरखा, सल्यान र अछामका ३/३ जना, उदयपुर, ओखलढुंगा, खोटाङ, पाँचथर, रोल्पा २/२ जना तथा तेह्रथुम, धनकुटा, भोजपुर, सिन्धुली, पर्वत, मुस्ताङ, म्याग्दी, डोटी र बाजुरामा १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टमा १४७३ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७७ हजार २७७ पुगेको छ ।

आज १४ हजार ५३० नमुना परीक्षण भएको र हालसम्म ११ लाख ९१ हजार ५१४ परिक्षण भएको मन्त्रालयले जनाएको छ । हाल ३३ हजार ८८० संक्रिय संक्रमित छन् । १९ हजार ९५७ होम आइसोलेसनमा र १३ हजार ९२३ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २७९ जनाको आईसीयू र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: