कोरोनाः नेपालमा थप १२ जनाको मृत्यु पुष्टि, २६३८ संक्रमित थपिए, २१७४ डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरी नेपालमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टमा १३ हजार ९ सय ४७ जनाको परीक्षण गर्दा ९४० जना महिला र १ हजार ६९८ पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको हो । योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ।

काठमाडौँ उपत्यकामा मात्रै १४०३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँका जिल्लामा ९९६ जना, भक्तपुरका १०२ र ललितपुरका ३०५ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २१७४ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ पुकेको छ । यो कुल संक्रमितमध्ये ६८.६ प्रतिशत हो ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ । तीमध्ये संस्थागत आइसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् भने २१ हजार ५४८ जना होम आइसोलेसनमा रहेका छन् । हाल ७० जना भेन्टिलेटरमा र ३०५ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् । यस्तै अहिले क्वारेन्टीनमा ४ हजार ६६६ जना रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: