
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन् । अहिले १२ हजार ३३६ जना संस्थागत आइसोलेसनमा छन् भने २५ हजार ४६ होम आइसोलेसनमा छन्। ७७ जना भेन्टिलेटरमा र ३१५ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् ।
२४ घण्टामा १६ हजार ५३१ नमुना परीक्षण गरिएको र हालसम्म १२ लाख ५४ हजार १६७ पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्
