किसानले उत्पादन गरेको बस्तुको बजार सुनिश्चित सरकारले गर्नुपर्छः सभापति कोइराला

Share:

पोखरा । गण्डकी प्रदेश सभा अन्तरगर्त रहेको अर्थ तथा विकास समितिका सभापति सांसद दीपक कोइरालाले किसानले उत्पादन गरेको कृषि उत्पादनको बजार सुनिश्चितता सरकारले गर्नुपर्ने बताएका छन् । शनिबार आमा मिलन बचत तथा ऋण सहकारी सस्थाको पोखरा ३१ मोहोरीयामा चक्रदेवी सेवा केन्द्रको शुभारम्भ गर्दे उक्त कुरा बताएका हुन्।

सभापति कोइरालाले प्रदेश सरकारले एक सहकारी एक उत्पादन अनिवार्य गरेकोले बजारको सुनिश्त गर्नुपर्ने बताए । आमा मिलन बचत तथा ऋण सहकारी संस्था र चक्रदेवी दुग्ध उत्पादक सहकारी मर्ज गरेर राम्रो कामको शुरुवात गरेको बताए ।

सरकारले कृषि उपजको न्युनतम मुल्य तोक्नुपर्ने र बजार ब्यवस्थापनमा सहयोग गर्नुपर्नेमा जोड दिए । सरकारले किसानहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडि सारे पनि अझै रिजल्ट देखिने गरि काम नभएको जनाए। पशु तथा बलि विमा सरकारले अनिबार्य गर्नुपर्ने कोइरालाको भनाई थियो ।

जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सावित्री भण्डारीले मोहोरीयामा सेवा केन्द्र राखेर त्यस क्षेत्रको सहकारी सदस्यहरुलाई सेवा दिन शुरु गरेकोले खुशी ब्यक्त गरे । सहकारी दिगो रुपमा सञ्चालनको लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए । वडा नं. ३० का वडाध्यक्ष श्रीराम पोखरेलले सहकारीहरुले आफ्ना सदस्यको आय आर्जनमा विशेष ध्यान दिनुपर्ने बताए । जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले प्रदेश सकारले गण्डकी प्रदेशमा पाउडर प्लान्ट स्थापना गर्नुपर्ने बताए । दुध उत्पादन बृद्धि हुँदै जादा किसानले उत्पादन गरेको दुधले बजार नपाउने दिन आउन लागेको भन्दै सरकारको ध्यान जानुपर्ने बताए। आमा मिलन बचत तथा ऋण सहकारी सस्था लिमिटेडका अध्यक्ष इन्दिरा पौडेलले कास्की जिल्लाभर कार्यक्षेत्र रहेको आफुहरुको सहकारी सस्थाले उत्पादनको क्षेत्रमा बजार अध्ययन गर्देगर्दा चक्रदेवी दुग्ध उत्पादक सहकारी संस्था संग मर्ज गरेर काम गर्ने अवस्था सृजना भएको बताए ।

संस्थाका प्रवन्धक धु्रवराज पौडेलले दुवै सहकारीको उद्देश्य मिल्न गएकोले मर्ज भएको भन्दै अहिले सहकारीको मर्जपछि १५ सय ३५ सदस्य पुगेका छन भने सस्थाको ४६ करोड पुँजीरहेको छ भने ३२ करोड कर्जा लगानी गरेको जानकारी दिए । स्थानीय ज्ञानेन्द्र बजगाईले गण्डकी प्रदेशमा दैनिक २ लाख लिटर दुध उत्पादन गर्न सकिने तर पाउडर प्लान्ट सकारले बनाउनपर्ने माग गरे । सबै वा केन्द्रका संयोजक अर्जुन बञ्जराले आमा मिलन सँगको एकता पछि अब आफुहरु डेरी उद्योग सञ्चालनमा जाने लक्ष्य रहेको बताए । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुपरजोन कास्कीका संयोजक कृष्ण प्रसाद तिवारीले सामुहिक खेती र जग्गा चक्लाबन्दीमा सहकारी जानुपर्ने बताए।

कमेन्ट गर्नुहोस्
Share: