
पोखरा । गण्डकी प्रदेशमा सोमबार बिहान ५६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका २४ जना, नवलपुरका १७ जना, तनहुँका १० जना, बाग्लुङका ३ जना तथा लमजुङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार कास्कीका सबै पोखरा महानगरपालिकाका हुन् ।
संक्रमण पुष्टि हुनेहरुमा पोखरा ३ की ५५ वर्षीया महिला, १५ का २९ र ६० वर्षीय पुरुष तथा ५४ वर्षीया महिला, १३ का ४४ वर्षीया महिला तथा २१ र ४२ वर्षीय पुरुष, १ का ४९ वर्षीय पुरुष, १७ का २० वर्षीया महिला, १० का २३ वर्षीया महिला तथा ५७ र ६० वर्षीय पुरुष, १४ का ३० र ३५ वर्षीय पुरुष, २५ का ३२ र २० वर्षीया महिला, ८ का ६५ वर्षीय पुरुष, ९ का ६१ वर्षीय पुरुष र ४५ वर्षीया महिला, २९ का ४४ वर्षीया महिला र २९ वर्षीय पुरुष तथा वडा नखुलेका १९ वर्षीया महिला तथा ५७–५७ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै बागलुङको बागलुङ नगरपालिकाका २ का ३१ वर्षीय पुरुष तथा १३ की ४८ वर्षीया महिला, ताराखोला १ का ३० वर्षीय पुरुष, लमजुङ बेसीसहर ७ की ५७ वर्षीया महिला, गोरखाको गोरखा नगरपालिकाका १३ की ३३ वर्षीया महिला, तनहुँको म्याग्दे २ का २५ वर्षीय पुरुष, शुक्लागण्डकी २ का ३१ र ४६ वर्षीय पुरुष तथा ६८ वर्षीया महिला, ७ की ८८ वर्षीया महिला, व्यास ११ का ४३ वर्षीय पुरुष तथा ८४ वर्षीया महिला, वडा नखुलेका ४५ वर्षीया पुरुष र ४० वर्षीया महिला, एवं नवलपुर देवचुली १६ का ८७ र २८ वर्षीय पुरुष, १३ का ४६ वर्षीया महिला, २ का २४ र २६ वर्षीया महिला, कावासोती ८ का २७ वर्षीया महिला, २ का २५ वर्षीय पुरुष, १६ का २५ वर्षीया महिला र ३० वर्षीय पुरुष, गैंडाकोट १० का ३५ वर्षीय पुरुष, २ का २४ वर्षीया महिला, ४ का ५० र ४९ वर्षीय पुरुष, १४ का ७० वर्षीय पुरुष, ५ का ४८ वर्षीय पुरुष, १५ का ५२ वर्षीय पुरुष तथा ४६ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ८६ पुगेको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ५ सय १६ रहेको निर्देशनालयले जनाएको छ ।
