
पोखरा । पोखराका २७ जना सहित गण्डकी प्रदेशमा सोमबार साँझ थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखरा महानगरपालिकाका २७ जना सहित स्याङ्जाका ४ र तनहुँका १ गरी प्रदेशमा ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित हुनेमा कास्कीको पोखरा वडा नं. ६ का ३२, २५, २९, ३५ र ४० वर्षीय पुरुष, १२ का ३९ वर्षीय पुरुष तथा ३७ वर्षीया महिला, २३ का ३४ वर्षीय पुरुष, २६ का २४, ३४ र ४० वर्षीय पुरुष, ८ का २० वर्षीया महिला तथा २६ वर्षीय पुरुष, १० का ३० वर्षीय पुरुष तथा २१ र २४ वर्षीया महिला, १४ का २१ वर्षीया महिला, ७ का २३ र ३० वर्षीया महिला, १५ का १६ र २५ वर्षीय पुरुष, ५ का ४३ वर्षीय पुरुष तथा ३८ वर्षीया महिला, १८ का ३१ वर्षीय पुरुष, १७ का २२ वर्षीय पुरुष, ३० का २९ वर्षीय पुरुष र वडा नखुलेका ३५ वर्षीय पुरुष रहेका छन् ।
यस्तै स्याङ्जाको आधिखोला ३ की २४ वर्षीया महिला, फेदीखोला ३ का २८ वर्षीय पुरुष, भिरकोट १ का ४२ वर्षीय पुरुष, वालिङ ३ का २९ वर्षीय पुरुष र तनहुँको शुक्लागण्डकी ४ का ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९६० पुगेको छ ।
