
पोखरा । पोखरामा करेन्ट लागेर सोमबार एक पुरुषको मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरपालिका २३ ठुलाखेत स्थायी घर भई हाल पोखरा ५ माछापुच्छ्रे टोल स्थित किराना पसल गरी बस्ने वर्ष ३५ को ज्ञानेन्द्र दाहालको करेन्ट लागेर मृत्यु भएको हो ।
सोमबार बिहान करिब ११ः३० बजे दाहालकै पसल अगाडीको बिजुलीको पोलमा चढी बल्ब जडान गर्ने क्रममा अचानक करेन्ट लागि उनी घाईते भएका थिए ।
घाईते दाहाललाई उपचारको लागि फिष्टेल अस्पताल पठाएकोमा बिहान ११ः५० बजे डाक्टरले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
