
पोखरा । अहिले गण्डकी प्रदेश, प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै मंगलबार (आज) दिउँसो गण्डकी प्रदेश, प्रदेश नं १, बाग्मती र कर्णाली प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै राति गण्डकी प्रदेश, प्रदेश नं १ र बाग्मती प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
