अर्थ विकास समिति सभापति कोईरालालाई कोरोना संक्रमण पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेश सांसद तथा अर्थ विकास समितिका सभापति दिपक कोईरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनका ड्राइभर मिन श्रेष्ठलाई कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछि दुबैले सोमबार नमूना दिएकामा मंगलबार दुबैजनाको नै रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

उनी हाल आफ्नै निवासमा रहेको र होटल आईसोलेसन जाने तयारी गरीरहेको जनाइएको छ ।

यसअघि प्रदेश सभाका अर्का एकजना सांसदलाई पनि कोरोना संक्रमण भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: