२४ घण्टामा थप २३६४ जनामा कोरोना पुष्टि, १७ संक्रमितको मृत्यु

Share:

काठमाडौँ । नेपालमा थप २ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३८० पुरुष र ९८४ महिला गरी २ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

२४ घण्टामा काठमाडौँ उपत्यकामा १६१५ कोरोना संक्रमित थपिएका छन्। ती मध्ये काठमाडौँमा १ हजार ३ सय ३८ जना, भक्तपुरमा ९७ र ललितपुरमा १ सय ८० जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा १ लाख २४ हजार ८६२ जना कोरोना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना निको भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ४ पुगेको छ। यो कुल संक्रमितको ०.६ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा ९ हजार ७६९ पीसीआर परीक्षण भएको छ । हालसम्म १४ लाख १९ हजार ६४ परीक्षण भएको छ ।

हाल देशभर कुल संक्रमितमध्ये ३८ हजार ९ सय ५२ जना सक्रिय संक्रमित छन्।

हाल क्वारेन्टीनमा २ हजार ६ सय ८९ रहेको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: