
पोखरा । गण्डकी प्रदेशमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका ५९ जना, तनहुँका ९ जना, पर्वतका ८ जना, म्याग्दीका ३ जना, स्याङ्जाका २ जना तथा बाग्लुङ र लमजुङका १,१ जनामा कोरोना संक्रमण देखिएको हो ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. ८ का ५३, ५९, ४६, ५८, २६ र ५९ वर्षीय पुरुष तथा ५०–५०, ६० र ७० वर्षीया महिला, वडा नं. २७ का ५३ वर्षीय पुरुष तथा २४ वर्षीया महिला, वडा नं.१७ का १७, ४० र ४७ वर्षीय पुरुष, वडा नं.१६ का ३४ वर्षीय पुरुष तथा ३० वर्षीया महिला, वडा नं.२० की ५५ वर्षीया महिला, वडा नं.११ का ३२, २८ र ६२ वर्षीय पुरुष तथा ५१ र ४२ वर्षीया महिला, वडा नं.४ का ७३, ५० र ३७ वर्षीय पुरुष तथा ५५ वर्षीया महिला, वडा नं.२ का २५ वर्षीय पुरुष, वडा नं.१४ का ५८, ५२, ६२ र ३३ वर्षीय पुरुष तथा ३३ र ७७ वर्षीया महिला, वडा नं.५ का ५२ र ३७ वर्षीय पुरुष तथा २१, ३८ र ३३ वर्षीया महिला, वडा नं.३ का ६६ र ५१ वर्षीय पुरुष, वडा नं. ६ का २५ र २८ वर्षीय पुरुष तथा ५३ वर्षीया महिला, वडा नं.१३ का ४८ वर्षीय पुरुष तथा २० वर्षीया महिला, वडा नं.१ की १७ वर्षीया महिला, वडा नं.१८ का ७१ वर्षीय पुरुष, वडा नं.२६ का ७० वर्षीय पुरुष तथा २६ वर्षीया महिला, वडा नं.७ का ३८ वर्षीय पुरुष तथा ७२ वर्षीया महिला, वडा नं.१९ की ३९ बर्षीया महिला, वडा नं.१० का ४० वर्षीय पुरुष, वडा नं. २५ का ४३ वर्षीय पुरुष, आर्मी अस्पताल पोखरामा कार्यरत २३ र ३५ वर्षीय पुरुष तथा वडा नखुलेका ३७ र ५१ वर्षीय पुरुष रहेका छन् ।
तनहुँको भिमाद वडा नं. ७ का ४० वर्षीय पुरुष, शुक्लागण्डकी वडा नं.४ का २७, ७१ र ६५ वर्षीय पुरुष, वडा नखुलेका ३१ र २९ वर्षीय पुरुष तथा ४८ वर्षीया महिला, म्याग्दे वडा नं. २ का ४६ वर्षीय पुरुष, वडा नं.६ का २७ वर्षीय पुरुष, स्याङ्जा पुतलीबजारका २७ र ३४ वर्षीय पुरुष, पर्वतको जलजला वडा नं. ७ का २६ वर्षीय पुरुष, वडा नं. ३ का ४९ वर्षीय पुरुष, कुश्मा वडा नं.७ की ५७ वर्षीया महिला, वडा नं.१२ की २० वर्षीया महिला, वडा नं. ६ का १५ वर्षीय पुरुष तथा १७ र २५ वर्षीया महिला, लमजुङको मस्र्याङ्दी वडा नं. ३ का ५८ वर्षीय पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. ३ का ६६ वर्षीय पुरुष, म्याग्दीको बेनी वडा नं.७ का ६४ वर्षीय पुरुष, वडा नं.९ का २१ वर्षीय पुरुष र वडा नं.८ का ५४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार २२८ पुगेको छ ।
