विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ९३ हजार नाघ्यो, ७२ प्रतिशत निको भए

Share:

काठमाडौँ । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख ९३ हजार नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार हाल विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ९३ हजार २१२ पुगेको छ ।

यस्तै विश्वभर ४ करोड ५८ लाखभन्दा बढी संक्रमित भएकामा ३ करोड ३२ लाख ३७ हजार ७६४ जना संक्रमण मुक्त भएका छन् । अर्थात् कुल संक्रमितको ७२.२४ प्रतिशत मानिसले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै प्रभावित अमेरिकामा कोरोना संक्रमितको संख्या ९३ लाख १६ हजार १३३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६० लाख १८ हजार ९१० जना संक्रमणमुक्त भएका छन् भने कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ३५ हजार १५६ पुगेको छ ।

दोस्रो धेरै प्रभावित मुलुक भारतमा संक्रमितको संख्या ८१ लाख ३६ हजार १६६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७४ लाख ३० हजार ९११ जना संक्रमणमुक्त भएका छन् भने कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २१ हजार ६८१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: