नेपालमा थप २५०८ जनामा कोरोना पुष्टि, १७ संक्रमितको मृत्यु

Share:

काठमाडौँ । नेपालमा थप २ हजार ५०८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९७६ महिला र १५३२ पुरुष गरी २ हजार ५०८ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार सबैभन्दा धेरै काठमाडौँमा १११३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै ललितपुरका १९५ जना, मोरङका १३८ जना, चितवन र कास्कीका १०९/१०९ जना, झापा र सुनसरीका ७६/७६ जना, रुपन्देहीका ७५ जना, काभेका ७४ जना, भक्तपुरका ४९ जना, दाङका ४६ जना, नुवाकोटका ३९ जना, बाँकेका ३५ जना, रौतहट र तनहुँका २७/२७ जना, दोलखाका २२ जना, बाराका २१ जना, सप्तरीका २० जना, धनुषाका १८ जना, बर्दियाका १७ जना, बाग्लुङ र नवलपरासीका १६/१६ जना, बझाङका १४ जना, खोटाङका १३ जना तथा रसुवा र कपिलवस्तुका ११/११ जनामा कोरोना संक्रमण देखिएको छ ।

नवलपुरका १० जना, सिराहा, सिन्धुपाल्चोक र दैलेखका ९/९ जना, धादिङका ८ जना, सर्लाही, गोरखा र स्याङ्जाका ७/७ जना, अछामका ६ जना, पर्सा, महोत्तरी, मकवानपुर र दार्चुलाका ५/५ जना, इलामका ४ जना, भोजपुर, रामेछाप, लमजुङ, गुल्मी, प्युठान, सुर्खेत, डडेलधुरा, संखुवासभामा र डोटीका ३/३ जना, उदयपुर, सिन्धुली, पर्वत, कञ्चनपुर र कैलालीका २/२ जना तथा ओखलढुंगा, धनकुटा, पाँचथर, सोलुखुम्बु, पाल्पा, जाजरकोट, डोल्पा र सल्यानका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९३७ पुगेको छ । यो कुल संक्रमितको ०.५ प्रतिशत हो ।

यसैगरी २४ घण्टामा २ हजार २६४ जना संक्रमण मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३८ हजार ५८४ सक्रिय संक्रमित छन्। २४ घण्टामा ९ हजार २७९ परिक्षण भएको र हालसम्म १४ लाख ४३ हजार ३४३ परिक्षण भएको छ। हाल क्वारेन्टीनमा रहनेको संख्या २ हजार ४१० रहेको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: