पोखराका ५६ सहित गण्डकीमा थप ६४ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका ५६ जना सहित गण्डकी प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार दिउँसो प्रदेश अन्तर्गत कास्की सहित ६ जिल्लाका ६४ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालका अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिकाका मात्रै ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नं. १ का ४० वर्षीय पुरुष, वडा नं.२ का ४०, ५७ र ७२ वर्षीय पुरुष तथा ७२ वर्षीया महिला, वडा नं. ३ का १६ वर्षीय पुरुष तथा २० र २५ वर्षीया महिला, वडा नं.५ का ४३–४३ र ५९ वर्षीय पुरुष तथा ११, १४ र १५ वर्षीया बालिका सहित ३८, ६५, २० र ३३ वर्षीया महिला, वडा नं. ७ का ३२ वर्षीय पुरुष, वडा नं. ८ का ६१, ४८, ५०, ३८, ४२ र ३१ वर्षीय पुरुष तथा २५ र ६१ वर्षीया महिला, वडा नं. ९ का ३२ र ६० वर्षीया महिला, वडा नं. १० का ४५ वर्षीय पुरुष, वडा नं. १२ का ४५ वर्षीय पुरुष, वडा नं. १४ का ११ वर्षीय बालक, वडा नं. १५ का ३८ वर्षीय पुरुष, वडा नं. १६ की ३ वर्षीया बालिका, वडा नं. १९ का ४१ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला, वडा नं. २१ का ७ महिनाका बालक तथा ३२ वर्षीया महिला, वडा नं. २५ का ३६ वर्षीय पुरुष, वडा नं. २९ का २३ वर्षीय पुरुष, वडा नं. ३२ की २४ वर्षीया महिला, वडा नखुलेका ४९, ५०, ६८, ६६, ४१, १८, ४३, ५२ र ५१ वर्षीय पुरुष तथा ६५, ३८, ३९, २९, ३२ र ७१ वर्षीया महिला रहेका छन् ।

यस्तै तनहुँ जिल्लाको शुक्लागण्डकी वडा नं. ३ का २४ र २५ वर्षीय पुरुष, व्यास वडा नं. १ का ५९ वर्षीय पुरुष, पालिका नखुलेको ४५ वर्षीय पुरुष, बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका वडा नं. २ का ५० वर्षीय पुरुष, पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १ की २६ वर्षीया महिला, स्याङ्जा जिल्लाको पालिका नखुलेको ५८ वर्षीय पुरुष र म्याग्दी जिल्लाको म्याग्दी वडा नं. ३ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ५६८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: