कोरोना भाइरसः नेपालमा थप २८२४ जनामा संक्रमण‚ ३६२० डिस्चार्ज, २३ को मृत्यु

Share:

काठमाडौँ । नेपालमा थप २ हजार ८२४ जनामा कोरोना भाइरस संक्रमण पुष्ट भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४६ महिला र १ हजार ७७८ पुरुष गरी २ हजार ८२४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार काठमाडौँ उपत्यकामा १६२२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौँ जिल्लामा मात्रै १ हजार ३६२ जना, भक्तपुरमा ९६ जना र ललतिपुरमा १६४ जना संक्रमित भेटिएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६२० जना रहेका छन् । यो सहित संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ । यो कुल संक्रमितको ७७.७ प्रतिशत हो ।

यसैगरी नेपालमा थप २३ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ । यो कुल संक्रमितको ०.५ प्रतिशत हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा १३०२३ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै पिसिआर परीक्षण हुनेको संख्या १४ लाख ५६ हजार ३६६ पुगेको छ।

देशभर कुल संक्रमितमध्ये ३७ हजार ७ सय ६५ सक्रिय संक्रमित छन्। यीमध्ये ६ हजार ७ सय ८९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

हाल क्वारेन्टीनमा रहनेको संख्या २३८६ रहेको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: