विश्वभर कोरोनाले १२ लाख ५ हजारको मृत्यु, ४ करोड ६८ लाख संक्रमित

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख ५ हजार नाघेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार विश्वभर मृत्यु हुनेको संख्या १२ लाख ५ हजार ४६ पुगेको छ ।

यस्तै विश्वभर ४ करोड ६८ लाख भन्दा बढी संक्रमित भएका छन् । संक्रमितमध्ये ३ करोड ३७ लाख ४८ हजार निको भएका छन् ।

हाल विश्वभर १ करोड १८ लाख ५० हजार ६०२ संक्रिय संक्रमित छन् ।

कमेन्ट गर्नुहोस्
Share: