पोखराका १८ सहित गण्डकी प्रदेशमा थप २८ कोरोना संक्रमित थपिए

Share:

पोखरा । पोखराका १८ सहित गण्डकी प्रदेशमा थप २८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मंगलबार दिउँसो कास्कीको पोखराका १८ जना सहित नवलपुरका ६ जना, तनहुँका २ जना तथा स्याङ्जा र गोरखाका १/१ जना गरी २८ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. ३ का ५४ वर्षीय पुरुष, वडा नं.४ का २७ वर्षीय पुरुष, वडा नं.५ का २८ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, वडा नं.८ की ३५ वर्षीया महिला, वडा नं.९ का ४१ वर्षीय पुरुष तथा ४१ वर्षीया महिला, वडा नं.१० का २७ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला, वडा नं.१२ का ४० वर्षीय पुरुष, वडा नं.१४ का ५०, ४७, ३८ र ४० वर्षका पुरुष तथा ३७ वर्षीया महिला, वडा नं.१७ का ५२ वर्षीय पुरुष, वडा नं.२० का ४१ वर्षीय पुरुष र वडा नखुलेका ४३ वर्षीय पुरुष रहेका छन् ।

यस्तै, नवलपुर कावासोती वडा नं.१० का १ दिनका बालक, गैंडाकोट वडा नं.२ की ७२ वर्षीया महिला, वडा नं.६ का ४९ र ४२ वर्षका पुरुष, वडा नं.८ का ४५ वर्षीय पुरुष, वडा नं.१२ का ५६ वर्षीय पुरुष, तनहुँको व्यास वडा नं. ५ का ६१ वर्षीय पुरुष, भिमाद वडा नं.५ का ६३ वर्षीय पुरुष, स्याङ्जाकी ३८ वर्षीया महिला एवं गोरखा आरुघाट वडा नं.४ की २६ बर्षीया महिला रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ९८८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: