पूर्वसभामुख महराकी पत्नी सीताको कोरोना संक्रमणबाट निधन

876
0
Share:

काठमाडौँ । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी धर्मपत्नी सीता महराको कोरोना संक्रमणबाट निधन भएको छ ।

काठमाडौँको नर्भिक अस्पतालमा उपचारको क्रममा बुधबार (आज) बिहान ६ः२५ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दशैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि उनलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

नर्भिक अस्पतालमा १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएकोमा उनको आज बिहान निधन भएको हो ।

उनी माइस्थेनिया नामक रोगबाट पनि १० वर्षदेखि पीडित रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: