
पोखरा । पोखरामा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिकाका २१ वटा वडाका ६९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
संक्रमित हुनेमा पोखरा महानगरपालिकाका वडा नं. १ का ६४ वर्षीय पुरुष तथा ६४ वर्षीया महिला, वडा नं. २ का ३९, ४५, ६५, ३८ र ३३ वर्षीय पुरुष, वडा नं.४ का ३४–३४ र ३८ वर्षका महिला, वडा नं. ५ का ३४, २५ र ४८ वर्षीय पुरुष, वडा नं.६ का १९ वर्षीय पुरुष तथा २६ र ३३ वर्षीया महिला, वडा नं.७ का २६, ४७, १८ र ३९ वर्षका पुरुष तथा १५ वर्षीया महिला, वडा नं.८ का ३६, ३०, ४३, ५०, ६६ र ४२ वर्षका पुरुष तथा ३१, ५२, ४४, १२ र ३८ वर्षका महिला, वडा नं. ९ का २९, २६ र ४२ वर्षका महिला तथा ३४, ४९ र १९ वर्षका पुरुष, वडा नं.१० का २२ र ८६ वर्षका पुरुष, वडा नं.११ का ३२ वर्षीय पुरुष तथा ६० र २६ वर्षका महिला, वडा नं. १२ का ३२ वर्षीय पुरुष तथा ३४ र ९२ वर्षका महिला, वडा नं.१४ का ३९ र ४३ वर्षका पुरुष, वडा नं.१५ की ७५ वर्षीया महिला, वडा नं.१६ का ४८ वर्षीय पुरुष तथा २७ वर्षीया महिला, वडा नं. १७ का ३०, ३३ र ६३ वर्षीय पुरुष तथा २८, २२, ५१, २० र ७९ वर्षका महिला, वडा नं. १८ का ३४ वर्षीय पुरुष, वडा नं. १९ का ६ वर्षीया बालक सहित ३८ र १७ वर्षीय पुरुष, वडा नं. २५ का ७० वर्षीय पुरुष, वडा नं. २७ का ४३ वर्षीय पुरुष, वडा नं. २८ का ३४ र २८ वर्षीय पुरुष, वडा नं. ३३ का ३२ वर्षीय पुरुष तथा वडा नखुलेका ३२ वर्षीय पुरुष रहेका छन् ।
पोखराका ६९ जना सहित बुधबार हालसम्म गण्डकी प्रदेशमा ७ वटा जिल्लाका गरी १०४ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित हुने अन्य जिल्लामा नवलपुरका १८ जना, स्याङ्जाका ६ जना, तनहुँका ४ जना, गोरखाका ३ जना तथा लमजुङ र पर्वतका २/२ जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार १०४ पुगेको छ ।



