आजको मौसम पूर्वानुमान!

Share:

पोखरा । देशका पहाडी भू–भागमा बिहीबार आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणली विकसित नभए पनि स्थानीय वायुको प्रभाव भने रहेको मौसमविदले बताएका छन्।

अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: