
पोखरा । गण्डकी प्रदेशमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार दिउँसो प्रदेशका कास्कीसहित बाग्लुङ, स्याङ्जा, पर्वत, तनहुँ, गोरखा र नवलपुर गरी ७ जिल्लाका १०३ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालका अनुसार नवलपुरका २९ जना, कास्की र तनहुँका २४/२४ जना, बाग्लुङका १२ जना, स्याङ्जाका १० जना, पर्वतका ३ जना र गोरखाका १ जनामा कोरोना पुष्टि भएको हो ।
कास्कीका थपिएका संक्रमित सबै पोखरा महानगरका हुन् ।
संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं.२ की ३४ वर्षीया महिला, वडा नं.३ का ६८ वर्षीय पुरुष, वडा नं.४ का २१ वर्षीय पुरुष, वडा नं.५ का ३५ वर्षीय पुरुष, वडा नं.६ का ३८ वर्षीय पुरुष, वडा नं.७ की ५१ वर्षीया महिला, वडा नं.८ की ४८ वर्षीया महिला, वडा नं.१० की ३६ वर्षीया महिला, वडा नं.१४ का २९ र ३३ वर्षीया महिला, वडा नं.१७ का २५ वर्षीय पुरुष तथा २८ वर्षीया महिला, वडा नं.२६ की १४ वर्षीया बलिका, वडा नं. २७ का ३३ वर्षीय पुरुष तथा २४ वर्षीया महिला, वडा नं.३० का ४८ वर्षीय पुरुष, वडा नखुलेका २४, २८, ४५, २९ र ५६ वर्षीय पुरुष तथा २६, २१ र २२ वर्षीया महिला रहेका छन् ।
यस्तै स्याङ्जा पुतलीबजारका ३२, ५२, ६५ र ५६ वर्षका पुरुष तथा २६ वर्षीया महिला, वालिङका ३५–३५ वर्षीय पुरुष तथा २५ र ४६ वर्षीया महिला, पालिका नखुलेका ३६ वर्षीय पुरुष, तनहुँ भानु वडा नं. ७ का १० वर्षीय बालक सहित ३९ वर्षीय पुरुष तथा ३७ वर्षीया महिला, घिरिङ वडा नं.५ का २८ वर्षीय पुरुष, व्यास वडा नं.१ का ३० र ३४ वर्षीय पुरुष, वडा नं.२ का २७, २८ र २९ वर्षीय पुरुष तथा ४८ र ७४ वर्षीया महिला, वडा नं.४ का ३४ वर्षीय पुरुष, वडा नं.५ का २५, ५८, २४, २० र १७ वर्षीय पुरुष तथा ५६, २१, १७ र ३३ वर्षीया महिला, वडा नं.९ का २४ वर्षीय पुरुष, वडा नं. ११ का ४५ वर्षीय पुरुष, पालिका नखुलेका ४० वर्षीय पुरुष रहेका छन् ।
यसैगरी बाग्लुङको बाग्लुङ नगरपालिकाका ५ र १२ वर्षीय बालक सहित २०, ८०, ६३ र ८१ वर्षीय पुरुष तथा ३३, ५०, ६० र ५६ वर्षीया महिला, ताराखोलाका ३४ वर्षीय पुरुष, काठेखोलाका २३ वर्षीय पुरुष, पर्वतको मोदी २ का ३७ र ५० वर्षीया महिला तथा ६ का ३९ वर्षीय पुरुष, गोरखाका ३२ वर्षीय पुरुष, नवलपुरको बिनयत्रिबेणीका २२, ४२, ३८, २७, २५ र ३२ वर्षका पुरुष तथा ३२ र ४४ वर्षीया महिला, मध्यविन्दुका ३०, ५३, २६, १७, ४५, २५, ३४, ५५, ५७, ५२, २५, ४२, ४० र ३२ वर्षका पुरुष तथा २४, ५७, २२, २३, २९–२९ र २५ वर्षीया महिला रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ७३९ पुगेको छ ।
