भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख ५३ हजार नाघ्यो

Share:

काठमाडौँ । छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८५ लाख ५३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४६ हजार ६६१ जनामा संक्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमितको संख्या ८५ लाख ५३ हजार ८६४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म भारतमा ७९ लाख १५ हजार ६६० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४९१ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २६ हजार ६५३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: