कोरोनाः थप २५७१ जनामा संक्रमण, १८ को मृत्यु, १७९८ जना संक्रमणमुक्त

Share:

काठमाडौँ । नेपालमा २ हजार ५७१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५१ महिला र १ हजार ५२० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा सबैभन्दा धेरै काठमाडौँका ११३६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै ललितपुरका २०१ जना, कास्कीका १५१ जना, मोरङका १४८ जना, भक्तपु र सुनसरीका ९१/९१ जना, रुपन्देहीका ८५ जना, कैलालीका ६६ जना, काभ्रेका ४७ जना, दोलखा र मकवानपुरका ४२/४२ जना, कपिलवस्तुका २९ जना, चितवनका २८ जना, कञ्चनपुरका २५ जना, पाल्पाका २४ जना, तनहुँका १८ जना, स्याङ्जाका १७ जना, डडेलधुराका १५ जना, गोरखा र दैलेखका १३/१३ जना, उदयपुर र धनुषाका १२/१२ जना, सिराहा, नवलपुर, दाङ र दार्चुलाका ११/११ जना तथा पर्सा, डोटी र बाजुराका १०/१० जनामा संक्रमण देखिएको छ ।

सप्तरी, सिन्धुपाल्चोक, नवलपरासी, अछाम र बैतडीका ९/९ जना, नुवाकोट र बाँकेका ८/८ जना, महोत्तरीका ७ जना, सर्लाहीका ६ जना, इलाम, पाँचथर, रौतहट, धादिङ, रामेछाप, सिन्धुली र जुम्लाका ५/५ जना, धनकुटा र गुल्मीका ४/४ जना, ओखलढुंगा, संखुवासभा, बारा, पर्वत र बर्दियाका ३/३ जना, खोटाङ, भोजपुर, लमजुङ, प्युठान र सुर्खेतका २/२ जना तथा तेह्रथुम, रसुवा, म्याग्दी र अर्घाखाँचीका १/१ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार १२६ पुगेको छ।

हालसम्म १ लाख ५९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार ७९८ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३६ हजार १७४ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ८३६ जना होम आइसोलेसनका छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ४११ जनाको आईसीयू र ८३ जनाको भेन्टिलेटरमा उपचाररत रहेका छन् । हाल क्वारेन्टीनमा रहनेको संख्या ९६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १७७ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म भने १५ लाख ५१ हजार २५४ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: