
काठमाडौँ । नेपालमा थप २७३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।
२४ घण्टामा सबैभन्दा धेरै काठमाडौँका ११४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै ललितपुरका १९३ जना, चितवनका १६८ जना, काभ्रेका १०१ जना, कास्कीका ९४ जना, झापाका ९३ जना, रुपन्देहीका ८८ जना, भक्तपुरका ८६ जना, सुनसरीका ७८ जना, कैलालीका ५४ जना, मोरङका ४७ जना, दाङका ४५ जना, नवलपुरका ४१ जना, बर्दियाका ३१ जना, गुल्मीका २७ जना, दोलखाका २४ जना, नुवाकोट, पाल्पा र बाँकेका २२/२२ जना, गोरखाका २१ जना, सिन्धुपाल्चोक र स्याङजाका २०/२० जना, बाराका १९ जना, कञ्चनपुरका १८ जना, धनुषा र सप्तरीका १६/१६ जना, नवलपरासीका १५ जना, सिराहाका १४ जना, महोत्तरीका १३ जना, मकवानपुरका १२ जना, धनकुटा, सर्लाही, कपिलवस्तुका ११/११ जना तथा रोल्पा र बझाङका १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।
सिन्धुलीका ९ जना, लमजुङ र बाग्लुङका ८/८ जना, तनहुँका ७ जना, धादिङ, रामेछाप र पर्वतका ६/६ जना, उदयपुर, ओखलढुंगा, पर्सा र दैलेखका ५/५ जना, रौतहट, म्याग्दी, अर्घाखाँची, प्युठान, सुर्खेत र डडेलधुरााकका ४/४ जना, खोटाङ, पाँचथर, भोजपुर, अछाम, दार्चुला र बैतडीका ३/३ जना, इलाम, तेह्रथुम र सल्यानका २/२ जना तथा ताप्लेजुङ, रुकुम पूर्व, हुम्ला र डोटीका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११४८ पुगेको छ ।
हालसम्म १ लाख ६० हजार ५७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८५३ जना संक्रमणमुक्त भएका हुन् ।
देशभर ३८ हजार ३५ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ७३४ जना होम आइसोलेसनमा छन् भने ४०४ जनाको आईसीयू र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । १०५८ जना क्वारेन्टीनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १२ हजार ९६० परिक्षण भएको छ । हालसम्म १५ लाख ६४ हजार २१४ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
