
काठमाडौँ । संचारकर्मी रवि लामिछाने र दम्पति कोरोना संक्रमण मुक्त भएका छन् ।
लामिछानेले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सो बारे जानकारी दिएका हुन् ।
१४ दिनको होम आइसोलेसन पश्चात संक्रमण मुक्त भएको उनले जानकारी दिए ।
उनले विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
साथै निरन्तर स्वास्थ्य सल्लाह दिने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे Rabindra Sameer तथा डा.विश्वनाथ कोइराला (ॐअस्पताल) प्रति आभार व्यक्त गरेका छन् ।
कमेन्ट गर्नुहोस्
