पोखरामा साथीको हत्या गरेर फरार भएका श्रेष्ठ तनहुँबाट पक्राउ

Share:

पोखरा । ढुंगाले टाउकोमा प्रहार गरी आफ्नै साथीको हत्या गरेर फरार भएका १ जनालाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका १ कुशेश्वर दुम्जा घर भई हाल पोखरा ६ बसुन्धरापार्क बस्दै आएका २३ वर्षीय प्रेम भनिने नन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

पोखरा–६ लेकसाइड स्थित बसुन्धरा पार्कमा कात्तिक २२ गते राति करिब साढे ८ बजे आफ्नै साथी दाङ घोराही घरभई पोखराका कवाडी संकलन गर्ने २५ वर्षीय कृष्ण चौधरीको हत्या गरी फरार भएका थिए ।

श्रेष्ठलाई कास्की प्रहरीले कात्तिक २५ गते तनहुँ आबुखैरेनी–२ मा रेक्सा मार्फत काठमाडौँ जाँदै गर्दा पक्राउ गरेको हो । श्रेष्ठलाई कास्की प्रहरीले पक्राउगरी बुधबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कवाडी संकलन गरी बिक्री गर्ने चौधरी र श्रेष्ठबीच रक्सीको नसामा चुरोटको बिषयलाई लिएर सामान्य भनाभनहुँदा रिसको आवेगमा श्रेष्ठले चौधरीको टाउकोमा तीन पटकसम्म ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

चौधरीको कात्तिक २२ गते नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: