विश्वभर कोरोनाले एकैदिन १० हजारको मृत्यु, मृतक संख्या १२ लाख ८९ हजार नाघ्यो

Share:

काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा १० हजार १८० कोरोना संक्रमितको मृत्यु भएको छ । विश्वभर एकैदिन कोरोनाले मृत्यु भएकाको यो संख्या हालसम्मकै उच्च हो ।

यससँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ८९ हजार ५२७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड २४ लाख ३२ हजार ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख १३ हजार ४३६ जना संक्रमित थपिएका हुन् ।

यस्तै, हालसम्म विश्वमा ३ करोड ६६ लाख ७५ हजार ४८७ जना संक्रमण मुक्त भएका छन् ।

कोरोनाले सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा २ लाख ४७ हजार ३९७ संक्रमितको मृत्यु भएको छ भने संक्रमित संख्या १ करोड ७ लाख ८ हजार ६३० पुगेको छ । त्यहाँ ६६ लाख ४८ हजार ६७९ जना संक्रमण मुक्त भएका छन् ।

दोस्रो प्रभावित मुलुक भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख २८ हजार १६५ जनाको मृत्यु भएको छ भने ८६ लाख ८४ हजार ३९ जनालाई संक्रमण भएको छ । त्यहाँ ८० लाख ६४ हजार ५४८ जना संक्रमण मुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: