
पोखरा । पोखराका ६१ जना सहित गण्डकी प्रदेशमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार हालसम्म कास्की सहित प्रदेशका ७ वटा जिल्लाका ७९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा कास्कीका ६१ जना, स्याङ्जाका ६ जना, नवलपुरका ५ जना, तनहुँका ४ जना तथा बाग्लुङ, लमजुङ र म्याग्दीका १/१ जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का ४६ वर्षीय पुरुष, वडा नं.३ का १६, ७२ र ४५ वर्षीय पुरुष तथा २५, ७२ र ५४ वर्षीया महिला, वडा नं. ४ का ६१, ४७ र २९ वर्षीय पुरुष, वडा नं. ५ का १८, ३८ र २६ वर्षीय पुरुष, वडा नं. ६ का २१, २४, २५–२५, २२ र २७ वर्षीय पुरुष, वडा नं. ८ का २५ र ४९ वर्षीय पुरुष, वडा नं. ९ का २५ र २० वर्षीय पुरुष तथा ४३ वर्षीया महिला, वडा नं. १० का ८२ वर्षीय पुरुष तथा २०, २९ र ३३ वर्षीया महिला, वडा नं. ११ का ३९, ३४ र ४८ वर्षीय पुरुष, वडा नं. १२ का ३४, ४३ र ४० वर्षीय पुरुष, वडा नं.१३ का ४२ वर्षीय पुरुष, वडा नं. १४ का ५७, ४०, ३८ र ३९ वर्षीय पुरुष, वडा नं.१५ का ४५, ३१, २६ र ६४ वर्षीय पुरुष तथा २८ र २१ वर्षीया महिला, वडा नं. १७ का ३३ वर्षीय पुरुष, वडा नं.२१ का ४६, ३० र २७ वर्षीया महिला, वडा नं.२२ का २८ वर्षीय पुरुष, वडा नं.२६ का २५–२५ वर्षीय पुरुष तथा २० र ७२ वर्षीया महिला, वडा नं. २७ का ३४ वर्षीय पुरुष, वडा नं. २९ का ५७ वर्षीय पुरुष, वडा नं.३१ का ७८ वर्षीय पुरुष, वडा नखुलेका ७६, ५४, ३० र ५८ वर्षीय पुरुष रहेका छन् ।
यस्तै बाग्लुङको बडीगाड वडा नं.३ का २३ वर्षीय पुरुष, लमजुङको बेशीसहर वडा नं.११ का ३८ वर्षीय पुरुष, म्याग्दीको बेनी वडा नं.७ का ६७ वर्षीय पुरुष, स्याङ्जाको पुतलीबजार वडा नं.१ का ५३ वर्षीय पुरुष तथा ६७ वर्षीया महिला, वडा नं.३ का ५० वर्षीय पुरुष, वडा नं. १० का १० वर्षीय बालक, तापाकोट वडा नं. ८ का ७१ वर्षीय पुरुष, वडा नं.१० की ४० वर्षीया महिला, तनहुँको व्यास वडा नं.६ का ७१ र ४५ वर्षीया महिला, वडा नं. ७ की ५८ वर्षीया महिला, भिमाद वडा नं. ५ का ६६ वर्षीय पुरुष एवं नवलपुरको हुप्सेकोट वडा नं.१ की ३२ वर्षीया महिला, गैंडाकोट वडा नं.१ का ६७ वर्षीय पुरुष, वडा नं.६ की ६० वर्षीया महिला, वडा नं.८ का ४९ र ३२ वर्षीय पुरुष रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ९८२ पुगेको छ ।
