गण्डकी प्रदेशमा थप ९३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १० हजार नाघ्यो

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बेलुका प्रदेशका ६ वटा जिल्लाका ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा कास्कीका मात्रै ४६ जना, गोरखाका ३५ जना, पर्वतका ५ जना, तनहुँका ४ जना, नवलपुरका २ जना र स्याङ्जाका १ जना रहेका छन् ।

कास्कीको मादी गाउँपालिकाका १३ महिनाका बालिका सहित १६ र ३२ वर्षीया महिला तथा १४ वर्षीय बालक सहित ३३, ४२ र ४६ वर्षीय पुरुष, पोखरा महानगरपालिका वडा नं. ३ का ३७ वर्षीय पुरुष, वडा नं.८ का ३२ र २१ वर्षीया महिला, वडा नं.१० का २२ वर्षीय पुरुष, वडा नं.११ का ३२ वर्षीय पुरुष तथा ७० महिला, वडा नं.१४ का ३७ वर्षीय पुरुष तथा ५० वर्षीया महिला, वडा नं.१५ का ३० वर्षीय पुरुष तथा २७ वर्षीया महिला, वडा नं.१७ का ४१ वर्षीय पुरुष, वडा नं.१८ की ४० वर्षीया महिला, वडा नं.२६ का ३९ र २६ वर्षीय पुरुष तथा ५० वर्षीया महिला, वडा नं.२७ का ५८, ४०, ३६, ५९, ३४, ४२, २८ र ३७ वर्षीय पुरुष तथा ६ र १३ वर्षीया बालिका सहित ३५, २५, ८७, ३२ र ५५ वर्षीया महिला, वडा नं.२९ का ३३ र ६५ वर्षीय पुरुष तथा ६५ वर्षीया महिला, वडा नं.३० का ३४ वर्षीय पुरुष तथा ५८ वर्षीया महिला, वडा नं.३१ का १० वर्षीय बालक, वडा नं.३२ का ५५ वर्षीय पुरुष तथा ५८ र ५४ वर्षीया महिला रहेका छन् ।

गोरखाको गोरखा नगरपालिकाका ७ र १५ वर्षीय बालक सहित २५, ४३, २१, २२, ६०, ५८, २८, ३२, २९, ३८, ४६, ३०, ५०, २६ र २१ वर्षीय पुरुष तथा ९, ११, १२ र १४ वर्षीया बालिका सहित ३९, ७६, ७१, ४२, २२, १७, ५९, २६, ४८, ५६ र ६१ वर्षीया महिला, नवलपुरको बौदीकाली वडा नं. २ का ५९ र ४२ वर्षीय पुरुष, पर्वतको महाशीलाका २५, २८, ५३ र २५ वर्षीय पुरुष तथा २७ वर्षीया महिला, स्याङ्जाको कालीगण्डकी वडा नं.५ का ७२ वर्षीय पुरुष, तनहुँको व्यास वडा नं.३ का २७ र २९ वर्षीय पुरुष, रिसिङ वडा नं.१ का २७ वर्षीय पुरुष तथा २५ वर्षीया महिला रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ७५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: