
काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ३७ लाख नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर संक्रमितको संख्या ५ करोड ३७ लाख ३९ हजार ३०४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ६ लाख ५६ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एकै दिन संक्रमण पुष्टि हुने यो संख्या हालसम्म कै उच्च हो ।
यस्तै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ९ हजार १६० पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ९४५ संक्रमितको मृत्यु भएको हो ।
हालसम्म विश्वमा ३ करोड ७५ लाख २० हजार १६४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश अमेरिकामा १ करोड १० लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये २ लाख ४९ हजारको ज्यान गएको छ भने ६७ लाख ८८ हजार व्यक्ति कोरोना भाइरसबाट मुक्त भएका छन् ।
दोस्रो प्रभावित देश भारतमा संक्रमित संख्या ८७ लाख ७३ हजार २४३ पुगेको छ । त्यहाँ १ लाख २९ हजार २२५ संक्रमितको मृत्यु भएको छ भने ८१ लाख ६१ हजार ४६७ जनालाई कोरोना संक्रमण मुक्त भएका छन् ।
